Province 1 किस्मतको दुई गोलसँगै बिबिएफसी, झापा फाइनलमा
गोलनेपाल

माङ्सेबुङ । सहज जितका साथ बिबिएफसी, दमक झापा जारी १२औं आत्मानन्द कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सिरिजंगा स्पोर्टिङ क्लब, मोरङलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै बिबिएफसी उपाधि नजिक पुगेको हो ।

माङ्सेबुङ इलाम स्थित आत्मानन्द खेलमैदानमा भएको खेलमा बिबिएफसीका लागि पाँचौंं मिनटमै किस्मत लिम्बुले पहिलो गोल गरेका थिए । १६औं मिनटमा बिकेश लिम्बुले त्यो अग्रता दोब्बर पारे भने दोस्रो हाफको ५२औं मिनटमा किस्मत लिम्बुले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै झापाली टोलीको जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच बिबिएफसीका लागि दुई गोल गरेका किस्मत लिम्बु नै घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार र मेडल हात पारे । बिबिएफसीले फाइनलमा शुक्रबार नै घरेलु टोली माङ्सेबुङ गाउँपालिका खेलकुद विकास समितिसँग उपाधिका लागि भिड्ने छ् ।

आत्मा पवित्र हक्चात यक्चुम, इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख १६८ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख १६८ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Post Comments