News मानेभञ्ज्याङलाई प्रथम ओएसिस महिला गोल्डकपको उपाधि
गोलनेपाल

इलाम । यहाँ सप्पन्न प्रथम ओएसिस महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधी, मानेभञ्ज्याङ फुटबल क्लब, दार्जीलिङले जितेको छ ।

सोमबार ठूलो टुंडिखेल मैदानमा भएको उपाधी भिडन्तमा मानेभञ्ज्याङले दिपेन्द्र शिखर फुटबल क्लब, इलामलाई ३-० ले हराउँदै उपाधी जित्न सफल भएको हो ।

विजेता बनेको मानेभञ्ज्याङले उपाधी सहित नगद २ लाख हात पार्यो भने उपविजेता दिपेन्द्र शिखरले 1 लाख सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

ओएसिस क्लब, इलामको आयोजनामा फागुन ३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए । 

Post Comments