काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ आइतबारदेखि शुरु भएको नवौं चरणको शुरुवाती दुई खेलहरुमा लिगलिडर आरसी३२ फुटबल एकेडेमी र झम्सीखेल युथ क्लबले जित हात पारेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्स्मा भएको पहिलो खेलमा आरसी३२ ले गोलबजार स्पोर्टस क्लबलाई २–१ ले हरायो । आरसी३२ का लागि सुजन बलम्पाकी र आशिष लावतीले गोल गरे । पराजित गोलबजारका लागि भने बिनु आले मगरले गोल फर्काएका थिए ।
यो नतिजापछि ९ खेलबाट १६ अंक जोड्दै आरसी३२ शिर्ष स्थानमा उक्लिएको छ । पराजित गोलबजार भने पाँच अंकका साथ लिगतालिकाको पुछारमा छ ।
त्यस्तै अर्को खेलमा झम्सीखेलले मनोहरा युनाइटेडलाई शून्यका विरुद्ध ३ गोलले हरायो । झम्सीखेलका लागि आकाश राना, विवश लिम्बु र अरुण मेचेले गोल गरे ।
यो जितपछि ९ खेलबाट १३ अंक जोडेको झम्सीखेल छैठौं स्थानमा उक्लिएको छ । पराजित मनोहरा भने १४ अंकका साथ चौथो स्थानमा छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”