Province 1 विजय युथलाई मधुमल्ला गोल्डकपको उपाधि
गोलनेपाल

मधुमल्ला । विजय युथ क्लब, हेटौडा यहाँ सम्पन्न प्रथम मधुमल्ला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको विजेता बनेको छ । फाइनलमा आयोजक इस्ट स्टार स्र्पोटिङ क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै विजय युथ च्याम्पियन बनेको हो ।

श्री मनोहर जनता माविको खेलमैदानमा सम्पन्न फाइनल भिडन्तमा विजय युथका लागि २७औं मिनटमा समिरराज थोकरले पहिलो गोल गरे भने ५४औं मिनटमा सनिस श्रेष्ठले दोस्रो गोल गर्दै पाहुना टोलीको जित पक्का गरेका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच मेसुके चुनिए । उनले पुरस्कार वापत नगद ३ हजार हात पारे । विजेता बनेको विजय युथले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्यो भने उपविजेता आयोजक इस्ट स्टारले १,५०,५५५ रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी अमिर श्रेष्ठ बने । त्यस्तै उत्कृष्ट गोलरक्षक अनिस बन्दा उत्कृष्ट डिफेन्डरको पुरस्कार कुलदिप कार्कीले हात पारे । त्यस्तै उत्कृष्ट मिडफिल्डर रुपेश केसी बन्दा उत्कृष्ट फरवार्ड मिलन राई चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार समिरराज थोकरले हात पारे भने उदीयमान खेलाडी सन्तोष राई बने ।

इस्ट स्टार स्र्पोटिङ क्लब, मधुमल्ला, मोरङको आयोजनामा वैशाख २ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरि कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments