Province 1 असार २५ देखि दोस्रो मनसुन कप
गोलनेपाल

इटहरी । वर्षैभरि जसो फुटबलमा व्यस्त रहने प्रदेश १ को सुनसरीमा यहि असार २५ गतेदेखि दोस्रो मनसुन कप नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।

शान्तिनगर एफसी फ्यान्स क्लब, इटहरीको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जानकारी दियो । त्यस्तै प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ ।

बुढासुब्बा खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा लालभिट्टी एफसी र पञ्चायन एफसी भिड्ने छन् । कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आउँदो साउन २ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments