ANFA
गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित

पोखरा । यहाँ जारी गण्डकी प्रदेश लिग पुरुष फुटबल प्रतियोगिता अन्तर्गत एलजी एसोसिएशन, कास्की र हरमटारी फुटबल क्लब, गोरखाले जित हात पारेका छन् ।
पोखरा रंगशालामा भएको खेलमा एलजी एसोसिएशनले स्याङजा युथ क्लब, स्याङजालाई ८–० को फराकिलो अन्तरले हरायो । अर्को खेलमा हरमटारीले चिल्ड्रेन लाईफ स्पोर्टस क्लब, बागलुङलाई २–० ले पराजित गर्यो ।
त्यस्तै पोखरा रंगशाला मै भएको अर्को खेलमा हिलेबजार युवा क्लब, लमजुङ र श्री चोरमारा युवा क्लब, नवलपुरले २–२ गोलको प्रतिस्पर्धात्मक बराबरी खेल्दै अंक बाँडे ।
प्रतियोगितामा सहभागि गण्डकी प्रदेश जिल्लाका कुल ७ लिग च्याम्पियनहरुलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह शिर्ष टोली फाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल असार १९ गतेका दिन पोखरा रंगशाला मै हुनेछ ।
Post Comments