Province 1 पुर्वाञ्चल युनाइटेड उपाधि नजिक
गोलनेपाल

रामधुनी । पुर्वाञ्चल युनाइटेड यहाँ जारी प्रथम चौसठ्ठी बिगाहा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा पुर्वाञ्चलले इन्द्रेणी एफसीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

पुर्वाञ्चलको जितमा बालकृष्ण केसीले एक मात्र निर्णायक गोल गरे । खेलमा पुर्वाञ्चल कै सुजन चौधरी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत शुक्रबारको दोस्रो सेमिफाइनल खेल योङ ब्वाईज तरहरा र तालतलैया एफसीबीच हुने आयोजकले जनाएको छ ।

दियालो जनकल्याण क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि साउन २१ गतेका दिन हुनेछ ।

 

Post Comments