Province 1 योङ तरहरा सेमिफाइनलमा
गोलनेपाल

रामधुनी । योङ तरहरा क्लब यहाँ जारी प्रथम चौसठ्ठी बिगाहा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा योङ तरहराले दियालो जनकल्याण क्लब (निलो) लाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

योङ तरहराको जितमा उत्सव राई र रितेश तामाङले गोल गरे । उता पराजित आयोजक जनकल्याणका लागि सतिष लिम्बुले गरे । खेलमा योङ तरहराका रितेश तामाङ म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत साउन १९ गते बिहीबारको पहिलो सेमिफाइनल खेल इन्द्रेणी एफसी र पुर्वाञ्चल युनाइटेडबीच हुने आयोजकले जानकारी दियो ।

दियालो जनकल्याण क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि साउन २१ गतेका दिन हुनेछ ।

Post Comments