Province 1 २३औं गोधुली कपः धरान १५ र धरान २० क्वाटरफाइनलमा
गोलनेपाल

धरान । समान अन्तरको उत्कृष्ट जितका साथ धरान १५ र धरान २० यहाँ जारी २३औं गोधुली रनिङ्ग कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

धरान रंगशालामा भएको सातौं प्रिक्वाटरफाइनलतर्फ धरान १५ ले धरान १२ लाई ३–० ले हरायो । धरान १५ को जितमा प्रज्ञान देवान, सुगम जिमी र सुभाष कार्कीले गोल गरे । खेलमा धरान १५ का सुगम जिमी म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आठौं प्रिक्वाटरफाइनलतर्फ धरान २० ले धरान १९ माथि समान ३–० को जित निकाल्यो । धरान २० का लागि गौरभ राईले दुई गोल गरे भने थप एक गोल मनोज राईले गरे । खेलमा दुई गोलकर्ता धरान २० का गौरभ राई म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तरगत माघ ७ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल धरान १ र धरान ५ बीच हुने आयोजकले जानकारी दियो । गोधुली क्लब धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ ।

Post Comments