Province 1 नवौं भलुवा गोल्डकपको तयारी पूरा (खिेलतालिकासहित)
गोलनेपाल

दुहबी । गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा यही जेठ ११ देखि २० गतेसम्म हुन गईरहेको नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

भलुवा फुटबल मैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जेठ ११ गते बिहीबारका दिन हुने उद्घाटन खेलमा मनोहरा एफसी, काठमाडौं र एमवाइसी, दुहबी, सुनसरी भिड्ने खेलतालिकामा उल्लेख छ । सुनसरी जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाउने छन् ।

दुहबी नगरपालिका, सुनसरीको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनगरमा गोलनेपाल डटकम रहेको छ ।

Post Comments