Province 1 झापा: मोरङको जनसहयोग युवा क्लब तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा
रमेश समदर्शी

मोरङको जनसहयोग युवा क्लब झापाको बिर्तामोडमा जारी तेस्रो न्यू स्टार अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेकोे छ ।

मोरङले सुबास तामाङको गोलबाट फाइनल यात्रा तय गरेको हो । बिर्तामोड ७ खोपबाडीस्थित सुन्दरडाँडा खेलमैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा सुनसरीको बराहक्षेत्र ११ लाई १-० गोलले पराजित गर्दै मोरङ उपाधि नजिक पुगेको हो । उपाधि होडमा रहेको मोरङका लागि सुबास तामाङले खेलको इन्जुरी समयमा गोल गरेका हुन् । ८० मिनेटको खेलमा २ मिनेट इन्जुरी समय थप गरिएको थियो । तर, खेल सकिन केही सेकेन्ड बाँकी रहँदा सुबासले आकर्षक गोल गरेर टिमलाई फाइनलमा पुराएका हुन् । अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा सुनसरी टाइब्रेकरबाट वञ्चित बन्याे ।

दुवै टाेली टाइब्रेकरकाे मनस्थितिमा पुगिसकेका थिए । सुबास म्यान अफ दी म्याचहुँदै नगद ३ हजार पाउन सफल भए ।

जितसँगै मोरङले कम्तिमा १ लाख रुपैयाँ सुरक्षित गरेको छ । मोरङको जितसँगै आयोजक न्यू स्टार क्लबसँग फाइनलमा भेट पक्का गर्यो । फाइनल खेल जेठ ६ गते (शनिबार) हुनेछ । यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, गोल्डकपकै उत्कृष्ट खेलाडी र उदीयमान खेलाडीले जनही ५-५ हजार पाउने छन् । यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद ३ हजारसहित ट्रफी पाउँदा फाइनल खेलको म्यान अफ दी म्याचले नगद ५ हजार ट्रफी पाउने छ ।

गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टिमको सहभागिता रहेको थियो । गोल्डकपको विजेताले नगद २ लाख २ हजार २२२ रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेताले नगद १ लाख १ हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ ।

Post Comments