Province 1 फागुरामको निर्णायक गोलसँगै प्लानिङ ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

दुहबी । घरेलु फुटबलमा पछिल्लो समय उत्कृष्ट लयमा देखिएका युवा फरवार्ड फागुराम थारु निर्णायक बनेपछि प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौं जारी नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ प्लानिङ ब्वाईजले आयोजक गोल्डेन स्टार युथ क्लब, सुनसरीमाथि १–० को झिनो अन्तरको जित निकाल्दै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । भलुवा फुटबल मैदानमा भएको खेलको छैठौं मिनटमा फागुराम थारुले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

प्लानिङ ब्वाईजका निर्णायक गोलकर्ता फागुराम थारु नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे । प्रतियोगिता अन्तरगत जेठ १५ गते सोमबारको तेस्रो क्वाटरफाइनल मनोहरा एफसी, काठमाडौं र सलहेश युवा क्लब, सिराहाबीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, दुहवी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २० गतेका दिन हुनेछ ।

Post Comments