Province 1 कोशी प्रदेशमा फेरि राई कै नेतृत्व
गोलनेपाल

धरान । कोशी प्रदेश फुटबल संघको अध्यक्षमा फेरि किशोर राई नै निर्विरोध चयन भएका छन् । आइतबार भएको संघको प्रथम अधिवेशनबाट राईको अध्यक्षतामा संघको सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएका हुन् ।

त्यस्तै कोशी प्रदेश फुटबल संघको उपाध्यक्षमा मणि कुमार लिम्बु, समिर राई, सफल किराँत, खडक बहादुर श्रेष्ठ, शिव न्यौपाने र कबिरमान तुम्बापो चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा मनिष दहाल, शम्भु प्रधान, रन्जन कार्की, महानन्द भंकराज, लक्ष्मी प्रसाद काफ्ले, रसिन तामाङ, शारदा लिम्बु, अनुरोध थापा क्षेत्री, हिमाल थापा, प्रेम प्रसाद तामाङ, कुवेर आङदेम्बे लिम्बु र गोकर्ण भट्टराई चयन भएका हुन् ।

Post Comments