Province 1 उत्कृष्ट जितका साथ बिरगंज सेमिफाइनलमा
गोलनेपाल

दुहबी । प्रभावशाली जित हात पार्दै बिरगंज युनाइटेड, पर्सा यहाँ जारी नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलतर्फ बिरगंजले युनाइटेड खर्साङ एफसी, भारतलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

भलुवा फुटबल मैदानमा भएको खेलमा बिरगंजका लागि ४१औं मिनटमा विज्ञान चौधरी, ४३औं मिनटमा सागर चौधरी र ४६औं मिनटमा कृपा चौधरीले गोल गर्दै टोलीको उत्कृष्ट जित पक्का गरेका थिए । खेलमा कृपा चौधरी म्यान अफ द म्याच समेत चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत जेठ १४ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक गोल्डेन स्टार युथ क्लब, भलुवा र प्लानिङ ब्वाईज युनाइटेड, काठमाडौंबीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही जेठ २० गतेका दिन हुनेछ ।

Post Comments