Province 1 झापालाई जिताउन निखिल निर्णायक
गोलनेपाल

दुहबी । झापा फुटबल क्लब यहाँ जारी नवौं भलुवा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुव्ने चौथो र अन्तिम टोली बनेको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा झापाले ब्वाईज फुटबल क्लब, इटहरीलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

भलुवा फुटबल मैदानमा भएको खेलको ७८औं मिनटमा निखिल तामाङले गरेको एक मात्र गोल झापाली टोलीलाई सेमिफाइनलमा पुर्याउन निर्णायक गोल बन्यो । निर्णायक गोलकर्ता तामाङ नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद ५ हजार र मेडल हात पारे ।

प्रतियोगिता अन्तरगत जेठ १७ गते बुधबारको पहिलो सेमिफाइनल खेल बिरगंज युनाइटेड, पर्सा र सलहेश युवा क्लब, सिराहाबीच हुने आयोजकले जानकारी दियो ।

गोल्डेन स्टार युथ क्लब, दुहबी–७, भलुवा, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४ लाख हात पार्नेछ भने उपविजेताले २ लाख प्राप्त गर्नेछ । फाइनल खेल भने यही जेठ २० गतेका दिन हुनेछ ।

Post Comments