Province 1 प्रथम मंगलबारे–शुक्रबारे कप माघ पहिलो सातादेखि
गोपाल काफ्ले

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ मा प्रथम मंगलबारे–शुक्रबारे कप नकआउट फुटबल प्रतियोगिता २०७७ हुने भएको छ ।

मंगलबारे–शुक्रबारे क्लबले आउँदो माघ ३ देखि १० गते सम्म खुला नकआउट फुटबल प्रतियोगिता आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरि कुल ८ टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष कमल लावतीले बताए ।

खेलकुदको माध्यमबाट स्थानिय खेलाडी र गाउँको पहिचान गराउने उदेश्यका साथ पथरी शनिश्चरे ८ का बैदेशिक रोजगारमा गएका युवाहरूको आर्थिक सहयोगमा प्रतियोगिता हुने क्लवका सचिव अनील लिम्बूले जानकारी दिए ।

तीन लाख ५० हजार जति खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ५१ हजार र उप विजेताले २५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबले जनाएको छ ।

पथरी शनिश्चरे नगरपालिका वार्ड नं. ८ को सहयोगमा हुने प्रतियोगिता स्थानीय समाल डाँडा खेलमैदानमा हुनेछ । प्रतियोगिताका लागि वार्ड नं. ८ का जनप्रतिनिधीहरुले दोस्रो पुरस्कार सौजन्य गरेका छन् ।

 खेलतालिका यसप्रकार रहेको छ ।

Post Comments