उमरजन, बारा। करैयामाई गा.पा को आयोजनामा सञ्चालन भइरहेको तेस्रो करैयामाई गोल्डकप फुट्बल प्रतियोगिता २०८३ को आज प्रतियोगिताको पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ। उक्त खेलमा नव जन जागृति युवा क्लब,सिमरा ले एपिइफ बर्दिबास, महोत्तरी लाई सोझै ३-० को गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको फाईनलमा आफ्नो स्थान कब्जा गर्ने पहिलो टोलि बनेको हो।
पहिलो हाफको खेल निकै रोचक बन्दै थियो र सोहिक्रममा खलको निर्धारित १५ औं मिनेटको समयमा नव जन जाग्रीति युवा क्लब को तर्फबाट समर खड्का ले उत्कृष्ट फिनिसिङ्ग सहित जाली छुमाउदै टोलि लाई पहिलो अग्रता दिलाएको थियो र खेल प्रतिस्पर्धात्मक बन्दै जाँदा पहिलो हाफ १-० गोलको स्थितिमा समाप्त भएको थियो।
त्यसैगरी दोस्रो हाफको सुरुवाति समयमा पुनः नव जन जागृति युवा क्लब,सिमरा को लागि बिकास दर्लामी मगरले गोल गरेर टोलीलाई दोब्बर अग्रता कायमा गर्न सफल बने। त्यसपछि खेल एपिइफ बर्दिबास, महोत्तरी को लागि अझ प्रतिस्पर्धातर्फ मोडियो सोहिक्रममा नव जन जाग्रिति युवा क्लब,सिमरा कै लागि पुनः बिकास दर्लामी मगरले व्यक्तिगत दोस्रो गोल गरेर सानदार जित निकाल्दै प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो।
निर्धारित समयसम्म उत्कृष्ट प्रदर्शनी गर्दै व्यक्तिग दुई गोल समेत गरेका नव जन जाग्रिति युवा क्लब,सिमरा का बिकास दर्लामी मगर 'म्यान अफ दि म्याच' घोषित हुदै नगद रु. एक हजार सहित ट्रफि प्राप्त गरे।
प्रतियोगिताको विजेताले नगद रु. सत्तरी हजार र उपविजेताले नगद रु.पैँतीस हजार सहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् भने विभिन्न विधागत पुरस्कारको पनि व्यवस्था रहेको छ।
- महिला मैत्रीपूर्ण खेलमा रौतहट जिल्ला फुटबल संघको सानदार जित
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- बकुलिया युवा क्लब र नव जन जाग्रिति युवा क्लब तेस्रो करैयामाई गोल्डकपको फाइनलमा भिड्ने
- हेटौँडा फुटबल एकेडेमी, मकवानपुर तेस्रो करैयामाई गोल्डकपको सेमिफाइनलमा
- नव जन जाग्रिती युवा क्लब तेस्रो करैयामाई गोल्डकपको सेमिफाइनलमा ,