धादिङमा १३औँ अनकन्या कप फुटबल कार्तिक ६ देखि
गोलनेपाल

धारापानी । लगनशील युवा क्लब, ज्वालामुखी गाउँपालिका–७, धारापानी, धादिङको आयोजनामा १३औँ अनकन्या कप फुटबल प्रतियोगिता–२०८३ हुने भएको छ। ९ ए साइडमा सञ्चालन हुने प्रतियोगिता धारापानी खेल मैदानमा कार्तिक ६ देखि ९ गतेसम्म आयोजना हुनेछ।

क्लबका सचिव सौरब थापाले दिएको जानकारीअनुसार प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार र सर्वाधिक गोलकर्तालाई ४ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

Post Comments