Province 2 बिरगंज युनाईटेड पर्साको फाईनल भेट सशस्त्र प्रहरी बर्दिवास सँग
गोलनेपाल

सृजनशिल युवा क्लवद्वारा अायाेजीत बारामा जारी करैया माई पाँचाै पिपरा गाेल्डकप २०७७ काे अाजकाे दाेस्राे सेमिफाइनलखेलमा बिरगंज युनाईटेड पर्साले नव जनजाग्रीती युवा क्लब सिमरा बिरुद्ध ३-० काे जित निकाल्न सफल भएकाे छ ।

पहिलाे हाफकाे १६आैँ मिनेटमा बिरगंज लागि जर्सि नम्बर १६ का श्याम चाैधरीले गाेल गरेका थिए । यस्तै खेलकाे दाेस्राे हाफकाे ७आैँ मिनेटमा जर्सि नम्बर ७ का कृपा चाैधरीले गाेल गरे यस्तै दाेस्राे हाफकाे २० आैँ मिनेटमा बिबेक चाैधरीले गाेल गर्दै टिमलाई जीत दिलाएका हुन ।

जाग्रीतीले राम्राे अवसर पाएता पनि कुनै गाेल गर्न सकेन ।

आजकाे खेलकाे म्यान अफ द म्याच बिरगंजका बिबेक चाैधरी घाेषित भए ।

अब १५ गते फाईनलमा सस्रत्र बर्दिवास र आजकाे बिजेता बिरगंज युनाईटेड क्लब पर्षा बिच हुनेछ । खेलमा जित हासिल गर्ने टिमले नगद २ लाख ५ हजार दाेस्राे हुनेले १ लाख ५ हजार सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने छ ।

Post Comments