हरिवन, सर्लाही। लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता भन्ने मूल नाराका साथ १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत हरिवनमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
चेतना सन्देश नेपालको आयोजनामा मङ्सिर ९ गते हरिवन नगरपालिका–११ स्थित सनराइज बोर्डिङ स्कुलको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बेची लुङ्गेलीको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता कार्यक्रम संयोजक आरती लामाले गर्नुभएको थियो।
‘लैङ्गिक हिंसाविरुद्ध बोल,हाम्रो गोल’ भन्ने नारासहित आयोजित कार्यक्रममा लैङ्गिक हिंसाविरुद्ध आवाज उठाउने, पीडितको संरक्षण गर्ने, दण्डहीनताको अन्त्य तथा न्यायको सुनिश्चितताका लागि सामूहिक ऐक्यबद्धता जनाइएको थियो।
कार्यक्रमले लैङ्गिक हिंसामुक्त समाज निर्माणका लागि सबैको सक्रिय सहभागिता, सचेतना र सामूहिक प्रतिबद्धता आवश्यक रहेको सन्देश दिएको छ।
- नवौं नगर स्तरीय वडा अध्यक्ष कपको तेस्रो स्थान वडा नं ३ लाइ,
- वडा नं. २ र १५ उपाधिका लागि भिड्दै, नवौं वडा अध्यक्ष कपको फाइनल समीकरण पूरा
- वडा नं. ३ र ६ सेमिफाइनलमा, नवौं वडा अध्यक्ष कपको क्वाटरफाइनल समीकरण पूरा
- वडा नं। २ र ४ नवौं नगरस्तरीय वडा अध्यक्ष कपको क्वाटरफाइनलमा, प्रि(क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न,
- वडा नं. ८ र १५ नवौं नगरस्तरीय वडा अध्यक्ष कपको क्वाटरफाइनलमा