News वडा नं। २ र ४ नवौं नगरस्तरीय वडा अध्यक्ष कपको क्वाटरफाइनलमा, प्रि(क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न,
गोलनेपाल

लालबन्दी। सर्लाहीको लालबन्दी नगरपालिका–११, हिरापुरमा सञ्चालित नवौं नगरस्तरीय वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत पाँचौं दिनका दुई खेल सम्पन्न भएसँगै प्रि(क्वाटरफाइनलका सम्पूर्ण खेल सकिएका छन्। पाँचौं दिनको खेलबाट वडा नं। २ र वडा नं। ४ क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

पहिलो खेल वडा नं। २ र वडा नं। ९ बीच भएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा वडा नं। २ ले दुई गोल गर्दै जित निकालेको हो। खेलको ६३औं मिनेटमा कप्तान रोहित बोम्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसैगरी, निर्धारित समयको ६८औं मिनेटमा शिवप्रसाद चौलागाईंले दोस्रो गोल थपेपछि वडा नं। २ ले २–० को जित दर्ता गर्दै प्रतियोगिताको क्वाटरफाइनमा प्रवेश गर्न सफल भएको हो।

उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गरेका वडा नं। २ का कप्तान रोहित बोम्जन ुम्यान अफ दि म्याचु घोषित भए। उनले नगद रु। १ हजार ५०० सहित ट्रफी प्राप्त गरे।

दोस्रो खेलमा गत संस्करणको विजेता वडा नं। ११ र वडा नं। ४ बीच प्रतिस्पर्धा भएको थियो। खेलको ३०औं मिनेटमा वडा नं। ११ का नरेश लामाले गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ४७औं मिनेटमा वडा नं। ४ का शंकरबहादुर थोकरले गोल गर्दै खेललाई बराबरीमा ल्याए।
निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा वडा नं। ४ ले ४–२ गोलअन्तरले वडा नं। ११ लाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

पेनाल्टी सुटआउटमा दुई प्रहार बचाउँदै उत्कृष्ट प्रदर्शन गरेका वडा नं। ४ का गोलरक्षक उदय चौधरी ुम्यान अफ दि म्याचु घोषित भए। उनले नगद रु। १ हजार ५०० सहित ट्रफी प्राप्त गरे।

प्रतियोगिताको विजेता टोलीले नगद रु। १ लाख २२ हजार २२२ सहित आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद रु। ६१ हजार ११० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। त्यसैगरी, तृतीय हुने टोलीले नगद रु। ३९ हजार ११० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।
व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही नगद रु। २ हजार १०० सहित ट्रफी प्राप्त गर्नेछन्।

लालबन्दी नगरपालिकाका १७ वटै वडाको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आगामी मंसिर १० गते हुनेछ।

Post Comments