Province 2 निर्मल समाजको जितमा म्याक्सवेलको दुई गोल
गोलनेपाल

बिजयवस्ती । अफ्रिकी मूलका खेलाडीहरु चम्किएपछि निर्मल समाज युवा क्लब, ठोरी यहाँ जारी समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ निर्मल समाजले पाहुना टोली हेटौडा फुटबल एकेडेमीलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गर्न सफल भयो ।

बिजयवस्ती खेलमैदानमा सम्पन्न खेलमा निर्मल समाजका लागि म्याक्सवेलले खेलको १४औं र ५८औं मिनटमा दुई गोल गरे । त्यस्तै थप एक गोल फोफोनाले पहिलो हाफ कै इन्जुरी समयमा गरेका थिए । खेलको म्यान अफ द म्याच निर्मल समाजका लागि दुई गोल गरेका म्याक्सवेल घोषित भए ।

प्रतियोगिता अन्तरगत असोज १४ गते बिहीबारको खेल भरतपुर फुटबल क्लब, चितवन र युवा प्रगति समाज संघबी हुने आयोजकले जनाएको छ ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४, पर्साको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि असोज २८ गतेका दिन हुनेछ ।

 

Post Comments