Province 2 स्व. राम बहादुर श्रेष्ठ गोल्डकपको खेलतालिका सार्वजनिक
गोलनेपाल

बिजयवस्ती । नेपालीहरुको महान चाड विजयादशमीको शुभअवसरमा ठोरी गाउँपालिका–४ बिजयवस्तीमा आयोजना हुन गईरहेको समाजसेवी स्व. राम बहादुर श्रेष्ठ गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

बिजयवस्ती फुटबल क्लब, ठोरी–४ पर्साको आयोजनामा यहि असोज ९ गते शनिबारदेखि शुरु हुन गईरहेको प्रतियोगिताको खेलतालिका आयोजकले सार्वजनिक गरेको हो । आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, चितवन, पर्सा, बिरगंज, मकवानपुरका गरि कुल १६ टोलीहरुले सहभागिता जनाउँदै छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा राप्ती रिभर युवा क्लब, मनहरी, मकवानपुर र हाम्रो फुटबल क्लब, बिरगंज भिड्ने छन् । असोज २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष झलक श्रेष्ठले बताए ।

खेलको प्रत्यक्ष प्रसारण गोलनेपाल डटकमले गर्नेछ ।

 

Post Comments