Province 2 चर्च ब्वाइज युनाईटेड अन्तिम चारमा
गोलनेपाल

सिमरा । चर्च ब्वाईज युनाइटेड क्लब जारी १३औं जितपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । चौथो क्वाटरफाइनलतर्फ चर्च ब्वाईजले विभागीय टोली एपिएफ फुटबल क्लबलाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

सिमरा रंगशालामा भएको खेलमा चर्च ब्वाईजका सन्तोष न्यौपाने र रन्जित पाण्डेले गोल गरे । उता पराजित एपिएफका लागि सन्तोष श्रेष्ठले एक मात्र गोल फर्काएका थिए । खेलमा चर्च ब्वाईजका बेम्पाह म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार हात पारे ।

प्रतियोगिता अन्तरगत चैत १५ गते बुधबारको पहिलो सेमिफाइनल खेल हिमालयन शेर्पा क्लब र मकवानपुर–११ बीच हुने आयोजकले जानकारी दियो ।

नव जन जागृति युवा क्लब, सिमरा, बाराको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत १८ गतेका दिन हुनेछ ।

Post Comments