Province 2 छैठौं गोलबजार मेयर गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

गोलबजार । गोलबजार नगरपालिका, सिरहाको आयोजनामा यही बैशाख ९ गतेदेखि शुरु हुन गईरहेको छैठौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

गोलबजार स्थित गोलबजार एकिकृत खेलग्राममा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । जसअनुसार बैशाख ९ गते उद्घाटन खेलमा मकवानपुर–११, हेटौडा र गाईघाट फुटबल क्लब, उदयपुर भिड्ने छन् ।

कुल १० टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही बैशाख १८ गतेका दिन हुनेछ । त्यस्तै आयोजकका अनुसार बैशाख १७ गते विश्रामका दिन रौतहट–११ र गाईघाट फुटबल क्लबको महिला टोलीबीच मैत्रीपूर्ण फुटबल म्याच समेत हुनेछ ।

साथै प्रतियोगिता आधिकारिक मिडिया पार्टनर रहेको गोलनेपाल डटकमले सबै खेलहरु प्रत्यक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments