Province 3 अभिषेकको 'डेब्यु' खेलमा हार्यो एजवाल
गोलनेपाल

काठमाडौं । चर्चित भारतीय आइ लिग खेल्ने तेस्रो नेपाली फुटबल खेलाडी बनेका अभिषेक रिजालले मंगलबार एजवालका लागि डेब्यु गरे । खेलमा उनी ६४औं मिनटमा ललियनसांगाको स्थानमा मैदान प्रवेश गरे तापनि एजवालले रियल काश्मिर एफसीसँग १–३ को हार बेहोर्न पुग्यो ।

खेलमा शुरुवाती अग्रता लिएर पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न पुग्यो । खेलको २६औं मिनटमा लालरिमसाँगाको गोलबाट एजवालले खेलमा अग्रता बनाएको थियो । तर खेलमा काश्मिरले उत्कृष्ट पूनःरागमन गर्यो । ३४औं मिनटमा लुकमान एडिफेमीले काश्मिरका लागि बराबरी गोल फर्काए ।

त्यस्तै दोस्रो हाफको ५६ र ७२औं मिनटमा मेसन रोबर्टसनले काश्मिरका लागि लगातार दुई गोल थप्दै टोलीको उत्कृष्ट जित पक्का गरेका थिए । यो जितसँगै ९ खेलबाट १७ अंक जोडेको काश्मिर लिगतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । उता पराजित एजवाल भने १२ अंकका साथ पाँचों स्थानमा छ ।

एजवालले आफ्नो आगामी खेल फेब्रुअरी २८ तारीख आइतबारका दिन चेन्नई सिटीसँग खेल्नेछ । जुन खेल कोलकाता स्थित कल्याणी स्टेडियममा हुनेछ ।

 

Post Comments