Province 3
रेखाको टोलीलाई कम्बोडियन महिला लिगको उपाधि
काठमाडौं । कम्बोडियाको शिर्ष महिला लिग खेलिरहेकी नेपालकी चर्चित फरवार्ड रेखा पौडेलको टोली फ्नोम पेन क्राउन फुटबल क्लबले बर्ष २०२६ को कम्बोडियन महिला लिगको उपाधि जितेको छ ।
नकआउट फाइनलमा फनोम पेन क्राउनले विशाखालाई ३–० को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । लिग चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै शिर्ष चारमा रहेर सेमिफाइनल पुगेको फ्नोम पेन क्राउनले सेमिफाइनलमा प्रिती राईको टोली Preah Khan Reach Svay Rieng FC लाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
फ्नोम पेन क्राउनले अब कम्बोडियाको प्रतिनिधित्व गर्दै प्रतिष्ठित एएफसी महिला च्याम्पियन्स लिगमा सहभागिता जनाउनेछ ।
Post Comments