Province 3
फिफा यु–१५ विश्वकपः नेपाली युथ टिमको खराब शुरुवात
काठमाडौं । अजरबैजानमा पहिलोपटक शुरु भएको फिफा यु–१५ विश्वकप एण्ड फेस्टिभलमा सहभागि नेपालले प्रतियोगितामा खराब शुरुवात गरेको छ ।
समूह डी मा रहेको नेपालले आफ्नो पहिलो खेलमा ट्युनिसियासँग ३–१ को हार बेहोर्दै प्रतियोगितामा खराब शुरुवात गरेको हो ।
प्रतियोगिता अन्तर्गत नेपालले अक्टोबर २५ तारीख (कार्तिक ८ गते) का दिन एल साल्भाडोर र गुएना बिसौसँग खेल्ने कार्यक्रम छ । त्यस्ते २६ अक्टोबरका दिन बलियो ब्राजील र कंगोसँग खेल्नेछ ।
प्रतियोगितामा ६ महादेशका १८९ देशका फुटबल टोलीहरु सहभागि छन् । प्रतियोगिताको समापन अक्टोबर ३० तारीखका दिन हुनेछ ।
Post Comments