Province 3 अफ्रिकनलाई हराउँदै थ्रीस्टार च्याम्पियन
बिक्रम बानियाँ क्षेत्री

बागमती । मकवानपुरको बागमती गाउँपालिकामा सम्पन्न चौथो बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लब, ललितपुरले जितेको छ ।

सोमबार बागमती गाउँपालिका स्थित जनता माविको खेलमैदानमा भएको उपाधि भिडन्तमा थ्रीस्टारले अफ्रिकन रुटस एसोसिएशन, क्यामरुनको चुनौति ३–२ ले पन्छाउँदै प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।

विजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद ८ लाख हात पारेको छ भने उपविजेता अफ्रिकन रुटस्ले ४ लाखमा चित्त बुझाउन बाध्य भयो ।

बागमती गाउँपालिकाको मुख्य प्रायोजन तथा बागमती गाउँपालिका खेलकुद विकास समिति, मकवानपुरको आयोजनामा चैत्र १३ गतेदेखि शुरु प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments