Province 3 चितवनमा सेभेन ए साईड कैलाश कप हुने
गोलनेपाल

भरतपुर । विस्तारै मोफसलमा पनि फुटबलको माहौल तातिएसँगै त्यसले चितवनमा पनि गति लिने जमर्को गरेको छ । यसै अवसरमा कैलाश युथ क्लब, भरतपुर–११ चितवनको आयोजनामा कैलाश कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

यहि आउँदो कार्तिक ७ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगिताको टिम दर्ता पनि खुला गरिएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागिता जनाउने इच्छुक क्लबले यहि कार्तिक ५ गतेसम्म टिम दर्ता गर्न सक्ने छन् । साथै टिम दर्ता शुल्क ३५ सय तोकिएको आयोजकले जनाएको छ ।

भरतपुर–११ कैलाश टोल स्थित आयोजक क्लबको खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४२ हजार हात पार्नेछ भने उपविजेताले २२ हजार प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

 

 

Post Comments