Province 3 नेपाल यु–२३ फुटबल टोलीले इण्डोनेसियासँग खेल्ने तय
गोलनेपाल

काठमाडौं । आगामी बर्ष उज्वेकिस्तानमा हुने एएफसी यु–२३ एसियन कप छनौट खेल्ने तयारीमा रहेको नेपाली यु–२३ फुटबल टोलीले इण्डोनेसियाको यु–२३ टोलीसँग मैत्रीपुर्ण फुटबल खेल्ने तय भएको छ ।

यी दुई टोलीबीच मैत्रीपुर्ण फुटबल म्याच हुने कुरा यसअघि नै बाहिरिए तापनि दुवै देशका फुटबल संघले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेका थिएनन् । यद्यपि सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे आधिकारिक रुपमा पुष्टी गरेको छ ।

एएफसी यु–२३ एसियन कप छनौटतर्फ समूह बी मा परेको नेपालले बलियो इरान, ताजिकिस्तान र लेबनानसँग खेल्ने कार्यक्रम छ । जुन खेलहरु ताजिकिस्तानको दुशान्बेमा हुनेछ ।

सोही छनौट प्रतियोगिता खेल्नु अघि नेपालले इण्डोनेसिया यु–२३ फुटबल टोलीसँग मैत्रीपुर्ण फुटबल म्याच खेल्ने पक्का भएको हो । नेपालले यहि आउँदो शुक्रबार (अक्टुबर २२ तारीख) का दिन इण्डोनेसियासँग मैत्रीपुर्ण म्याच खेल्नेछ ।

नेपाल यु–२३ टोलीको विदाई

त्यसैगरी सोमबार नै एक कार्यक्रमको आयोजना गरि नेपाल यु–२३ फुटबल टोलीको विदाई समेत गरिएको छ । एन्फा कम्प्लेक्समा आयोजित विदाई कार्यक्रममा खेलकुद मन्त्री महेश्वर जंग गहतराज र एन्फा पदाधिकारीहरुले एक कार्यक्रमका बीच टोलीको विदाई गरेका हुन् ।

नेपाली फुटबल टोली मंगलबार ताजिकिस्तानतर्फ प्रस्थान गर्दैछ । टोलीमा हालै साफ च्याम्पियनसिपमा सहभागिता जनाएको सिनियर टोलीका ६ सदस्यहरु पनि सामेल छन् । टोलीको मुख्य प्रशिक्षकमा नेपाली फुटबलमा अनुभवी प्रशिक्षक मानिएका बालगोपाल महर्जन रहेका छन् ।

 

Post Comments