Province 3 प्रथम खैरहनी गोल्डकप शुरु, आयोजक र भैरवको विजयी शुरुवात
गोलनेपाल

खैरहनी । विपन्न उत्थान मञ्च, खैरहनी–३ चितवनको आयोजनामा मंगलबारदेखि प्रथम खैरहनी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टोली र भैरव एफसीले विजयी शुरुवात गर्यो ।

खैरहनी माविको खेलमैदानमा भएको उद्घाटन खेलमा आयोजक विपन्न उत्थान मञ्चले अरुणखोला युनाइटेडमाथि ५–० को जित निकाल्यो । आयोजकको जितमा कर्मा शेर्पा, सबिन खड्का, यादु सिलवाल, शेखर उप्रेती र भिष्म खड्काले गोल गरे ।

खेलमा आयोजकका कर्मा शेर्पा म्यान अफ द म्याच घोषित भए । यो जितसँगै आयोजक विपन्न उत्थान मञ्च प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गर्न सफल भयो ।

त्यस्तै दोस्रो खेलमा भैरव एफसीले दुधौली स्पोर्टस क्लबलाई टाईब्रेकरमा ५–४ ले हरायो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ भैरवका लागि सबी गुरुङ र सन्दिप जंगले गोल गरे भने दुधौलीका लागि सुनि ल दनुवार र कृष्ण थापाले गोल गरेका थिए ।

टाईब्रेकरमा भने भैरवले नतिजा आफ्नो पक्षमा पार्यो । खेलमा भैरवका सन्दिप जंग म्यान अफ द म्याच चुनिए । यो जितसँगै भैरव पनि क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा भैरवले असोज १० गतेका दिन आयोजकसँग खेल्नेछ ।

यहि असोज १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १६ टोलीहरु सहभागि छन् ।

Post Comments