Province 3 लगातार दोस्रो जितको खोजीमा मनाङ, पुलिसको शिर्ष तीनको सम्भावना कायमै
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आज बेलुका ६ बजे मनाङ मस्र्याङ्दी क्लबले एफसी खुमलटारको सामना गर्दा मनाङको नजर लगातार दोस्रो जितमा हुनेछ । गत साता थ्रीस्टारलाई हराएर जितको लयमा फर्किएको मनाङ उत्साहित पनि छ ।

लिगतालिकामा २२ खेलबाट २८ अंकका साथ दशौं स्थानमा रहेको मनाङ स्थान सुधारको प्रयासमा हुनेछ । उता २४ अंकका साथ रेलिगेशन क्षेत्रको पुछारमा रहेको खुमलटारले भने रेलिगेशन क्षेत्र छाड्न मनाङलाई कडा चुनौति दिने निश्चित छ ।

त्यस्तै दशरथ रंगशालामा मै हुने दिनको पहिलो खेलतर्फ ३ बजेदेखि नेपाल पुलिस क्लब र एनआरटी भिड्ने छन् । पछिल्लो समय उत्कृष्ट लयमा रहेको पुलिस ३१ अंकका साथ चौथो स्थानमा छ र आज आफु अनुकुल जित निकाल्दै शिर्ष तीनको होडमा आफ्नो दावेदारीतालाई कायम राख्न प्रयास गर्नेछ । उता २९ अंकका सा आठौं स्थानमा रहेको एनआरटीले भने निश्चित जितका सा पुलिसलाई उछिन्ने योजनामा हुनेछ ।

त्यसैगरी च्यासल स्टेडियममा दिनको ३ बजेदेखि नै शुरु हुने अर्को खेलमा २४ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थानमा रहेको फ्रेण्डस क्लबले २९ अंकका साथ लिगतालिकाको नवौं स्थानमा रहेको हिमालयन शेर्पासँग खेल्नेछ । जुन खेल पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

Post Comments