Province 3
एन्फा महिला लिगः संकटाको डेब्यु खेलमा आर्मी हावी

काठमाडौं । पहिलोपटक एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाईरहेको संकटा क्लबले सिजनको पहिलो खेलमा खराब शुरुवात गरेको छ ।
बुधबार एन्फा कम्प्लेक्समा भएको एक मात्र खेलमा संकटाले दावेदार मध्ये एक मानिएको त्रिभुवन आर्मी फुटबल क्लबसँग ०–४ ले निरीह बन्न पुगेको हो । आर्मीको जितमा बिमला चौधरीले दुई गोल गर्दा साबित्रीदेवी मगर र अनिता लम्जेलले एक–एक गोल गरे ।
उता पुरुष फुटबलमा आफ्नो उपस्थितिलाई बलियो रुपमा पेश गर्दै आएको संकटाले महिला फुटबलमा भने त्यो वर्चश्वलाई कायम राख्न सकेन ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
Post Comments
Related News
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग
- सयौं खेलमा नेपालको शानदार जित
- नेपाली महिला फुटबल टोली सयौं अन्तर्राष्ट्रिय खेल खेल्दै, सरुको ५०औं खेल
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त