
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ नेतृत्वको रणनिती अनुसार कै उद्देश्य पूरा हुँदै गएको बताएका छन् । राईले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुरा बताएका हुन् ।
महासचिव राई लेख्छन् “एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ नेतृत्वको कार्यसमितिको रणनिती अनुरुपको उदेश्य पूरा हुँदैछ । साबित्रा भण्डारी (फ्रान्स), अन्जिला तुम्बापो (ग्रीस), रेखा पौडेल (दुबई) र अब प्रीति राई सहित अन्य खेलाडीहरुले पनि फुटबल खेलको बिश्व बजारमा स्थान बनाउने छन भन्ने बिश्वास छ ।”
महासचिव राई अगाडी भन्छन ‘अहिलेसम्मको फुटबल ईतिहासमा कहिले पनि यो उचाइमा नेपाली महिला खेलाडीहरुमा लगानी पनि थिएन र यो उचाईको सफलता पनि थिएन ।’ नेपाली महिला खेलाडीहरुको यो सफलता उनले खुशी समेत व्यक्त गरेका छन् । साथै नेपाली फुटबलमा आगामी दिनहरुमा अझ धेरै सफलता प्राप्त गर्न सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छन ।
स्मरण रहोस, केही महिना अगाडी साउदी अरेबियामा सम्पन्न वाफ महिला च्याम्पियनसिपमा गरेको प्रदर्शन र उक्त प्रदर्शनको आधारमा नेपाली महिला फुटबल खेलाडीहरु एक पछी अर्को हुदै युरोपको लिगमा अनुबन्धित हुँदा निकै नै खुसी लागेको राईले बताए । उनले आगामी दिनहरुमा पनि थुप्रै खेलाडीहरू बिभिन्न देशको लिगमा अनुबन्धित हुने क्रम जारी रहेको पनि उनले जानकारी दिए ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न