Province 4 आहा ! रारा गोल्डकपको आधिकारिक फुड डेलीभरी पाट्नर बन्यो ‘फुडमाण्डु’
सुदर्शन रञ्जित

पोखरा । प्रतिष्ठित १९औं आहा ! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितालाई फुड डेलिभरी पार्टनगरका रुपमा फुडमाण्डुले साथ दिने भएको छ । प्रतियोगिताको आधिकारिक फुड डेलीभरी पाटर््नरको रुपमा फुडमाण्डुले साथ दिने कुरा सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए ।

यसैबिच, फुडमाण्डु र सहारा क्लव बिच सम्झौता समेत भएको छ । फुडमाण्डुका बिज्नेश डेभलपमेन्ट अफिसर बिष्णु कुमारी गुरुङ, रिजनल इन्चार्ज नेहा श्रेष्ठ र क्लवका अध्यक्ष केशव बहादुर थापा, उपाध्यक्ष विश्वराज बराल, पूर्व अध्यक्ष विक्रम थकाली लगायतका बिच सम्झौतापत्रमा हस्ताक्षर र आदान प्रदान पनि भएको छ ।

स्मरण रहोस, पोखरा रंगशालामा यही चैत २१ गतेदेखि २८ गतेसम्म हुन गईरहेको आहा! रारा गोल्डकप फुटबल प्रतियोगितामा एक विदेशी टोलीसहित कुल ८ टोलीहरुले सहभागिता जनाउँदै छन् ।

Post Comments