Province 4 वार्जन प्रिजेन्ट फुटसलको उपाधी टिम डुङ्गालाई
उमेश पुन
पोखराको स्पोटर्स क्यासलमा जारी प्रथम वार्जन प्रिजेन्टस फुटसलको उपाधी टिम डुङ्गाले हात पारेको छ । स्पोट्र्स क्यासल फुटसलमा भएको प्रतियोगितामा टिम डुङ्गाले ढुकु फुटसल हव काडमाण्डौलाई टाइब्रेकरमा ३–१ ले हराउँदै नगद ३ लाख रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । निर्धारित समयको खेल गोल रहित बराबरीमा रोकिएपछि टाइब्रेकरमा धकेलिएको थियो ।

उपविजेता ढुकुले १ लाख ५० हजार रुपैँयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृट खेलाडी टिम डुङ्गाका गोलरक्षक अनिष श्रेष्ठ घोषित हुदैँ नगद २५ हजार रुपैँया प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षकको उपाधी समेत उनलै हात पार्दै नगद १० हजार रुपैँया प्राप्त गरे । उनी फाइनल खेलको म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिताको अनुसासित टिम स्पोट्र्स क्यासल घोषित भए । प्रतियोगिताको उदयीमान खेलाडी फन्कि बिन्सका अभिनाष तामाङ घोषित भए ।

यस अघि बिहिवार नै सम्पन्न सेमिफाइनल खेलमा टिम डुङ्गाले फन्कि बिन्सलाई टाइब्रेकरमै ३–१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । उता ढुकु फुटसल हवले शंखमुललाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो । सम्पन्न प्रतियोगिताको विजेता तथा उपविजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार शिलवाले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा कुल २७ टिमको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमका बिच नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजु काजी शाक्यलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान समेत गरिएको थियो ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल, राखेप सदस्य राजेश गुरुङ, गोकर्ण श्रेष्ठ, डुङ्गा रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक राजेश गुरुङ, पूर्व राष्ट्रिय खेलाडी राजु काजी शाक्य, राजन गुरुङ, ङोय तमुधिका निवर्तमान अध्यक्ष जंग बहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

गत १० गते मंगलबार देखि ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित सञ्चालनमा रहेको उक्त प्रतियोगितामा देशभरका कुल २७ टिमको सहभागिता रहेको थियो ।
Post Comments