Province 4 कास्की: अन्नपूर्ण गाउँपालिका पनि सि डिभिजन छनौटमा सहभागि हुने
गोलनेपाल
अन्नपूर्ण गाउँ पालिका,कास्की भित्रका क्षमतावान, अनुशासित र प्रतिभावान फुटबल खेलाडीहरुलाई समेटी अन्नपूर्ण गाउँपालिकाको प्रतिनिधित्व गर्दै ‘पाँउदुरकोट युवा क्ल्बले’ यहि भाद्र १० गतेबाट काठमाडौंमा संचालन हुने ‘शहिद स्मारक सि डिभिजन लिग फुटबल प्रतियोगिताका लागि छनोट प्रतियोगिता’ मा सहभागिता जनाउने भएको छ।

खेलकुदको माध्यम बाट अन्नपूर्ण गाउँपलिकालाई राष्ट्रिय स्तरमा लैजाने प्रथम प्रयास सङ्गै खेलमा उच्च संभावना बोकेका पालिका भित्रका खेलाडिहरुलाई आफ्नो खेललाई उपयुक्त स्थानमा प्रदर्शन गराई खेलकुदमा भविष्य खोजिरहेकाहरूलाई सुवर्ण अवसर प्रदान गर्ने उपयुक्त वातावरण निर्माण गर्न लागी परेको क्ल्बका म्यानेजर बिश्वदल गुरुङ्गले बताए।

सम्भवत गण्डकी प्रदेश बाट सहभागिता जनाउने १ मात्र टोली भएकोले सिङ्गो प्रदेश , कास्की र अन्नपूर्ण गाउँपालिका यहाँका स्थानीयवासीहरू र खेलप्रेमी महानुभावहरूलाई यो बिषय गर्विलो ईतिहास बन्ने एबं सहभागी खेलाडीहरुलाई खेल जिवनकै एक कोशेढुङ्गा सावित हुने आशा र भरोसा ब्यक्त गरेको पनि बताए ।

म्यानेजर गुरुङ थप्छन्(टिम मजबुत बनाउने हरसंभव प्रयत्न गरिएको छ।टोलीमा अन्नपूर्ण गाउँ पालिकाका खेलाडीहरुलाई मात्र समावेश गरिए पनि अनुशासित र क्षमतावान् खेलाडीहरुको बर्चस्व छ। सी डिभिजन छनोट खेल्न गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्दै लिग छनौट खेल्न जाने भएकाले प्रदर्शनमा गण्डकी प्रदेशको प्रतिष्ठालाई शिरोपर गर्दे खेलमा अनुकूल नतिजा सुनिश्चित गर्न शतप्रतिशत दिन टोलि तम्तयार छ।

क्लब अध्यक्ष ईश्वर पौडेलका अनुसार हाल सम्म अन्नपूर्ण गाउँपालिका, ढिकुरपोखरी युवा संजाल, अन्नपूर्ण फुटबल एकेडेमी, भदौरे फुटबल एकेडेमी र स्थानिय केही खेलप्रेमी शुभेच्छुकहरुको सहयोगमा क्लब गतिशिल भएतापनी कास्की जिल्लाबाट लिग छनोट खेल्ने एकमात्र क्लब भएकाले चौतर्फी साथ सहयोग र अपेक्षा समेत गरेको बताए ।
थप जानकारी र सहयोगका लागि सहभागी टोलि ब्यवस्थापन संयोजक द्वय बिरेन्द्र गुरुङ्ग ९८५६०३३१९० र नबिन गुरुङ्ग ९८४६०२८८९४ मा सम्पर्क गर्नको लागि पनि अनुरोध गरिएको छ ।
Post Comments