Province 4 के मनाङ मर्स्याङ्दी क्लबको होम ग्राउन्ड पोखरा रङशाला हुन्छ त ?
गोलनेपाल

ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई ‘होम ग्राउण्ड’ बनाउदै छ ।

पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ बनाउने क्लबको प्रस्तावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहमती प्रदान गरिसकेको छ । यसै विषयमा आज राखेप सदस्य, एन्फा अध्यक्ष, क्लबका उपाध्यक्ष सहितको टोलिले छलफल गरेको छ ।

क्लबको प्रस्तावमा राखेप सकारात्मक रहेका व्यवस्थापन गरेर सहकार्य गर्न चाहान्छन । आज भएको छलफलपनि यसैमा केन्द्रित थियो । राखेप सदस्य राजेश गुरुङका अनुसार छलफलमा क्लबको प्रस्तावमा सहि ढंगबाट कसरी अगाडी बढ्न सकिन्छ विषय केन्द्रित भएको छ ।

"हामीहरुपनी यस विषयमा सकारात्मक छौँ पर्यटकीय नगरीलाई यसले थप टेवा पुर्याउछ," गुरुङले भने,"अब व्यवस्थापनका हिसाबले कसरी अघि बढ्न सकिन्छ भन्ने हो ।" गुरुङले आवश्यक कुरा पत्रचार गरेर एन्फालाई पठाएको बताइसकेका छन् ।

छलफलमा पशिमान्चल क्षेत्रीय खेलकुदका पदाधिकारीको पनि उपस्थिति थियो ।

Post Comments