
पोखरा । घरेलु टोली स्पोर्टस क्यासलले पोखरामा शुरु ए डिभिजन फुटसल लिगमा शानदार शुरुवात गरेको छ । पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार सम्पन्न दोस्रो खेलमा स्पोर्टस क्यासलले ७–० को फराकिलो अन्तरले हरायो ।
यसअघि शनिबार नै भएको उद्घाटन खेलमा द राईजिङ क्लब, धरानले पनि मच्छिन्द्र स्काई गोल्सलाई ५–४ ले हराउँदै विजयी शुरुवात गरेको थियो ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङले गरेका थिए । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष उपेन्द्रमान सिंह, एन्फा फुटसल कमिटीका अध्यक्ष रत्न कुमार श्रेष्ठ, एन्फा फुटसल प्रमुख बिनोद गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
यहि असोज २२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० टोलीहरुले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने