Province 4 पर्वतमा सेभेन ए साईड खुला फुटबल प्रतियोगिता हुँदै
गोलनेपाल

मोदी । आउँदै गरेको शुभ दिपावली पर्वको अवसरमा पर्वत जिल्लाको मोदी गाउँपालिकामा सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।

मोदी युवा सञ्जाल, पर्वतको आयोजनामा यहि आउँदो कार्तिक १४ गतेदेखि शुरु हुन गईरहेको प्रतियोगितामा सहभागिताका लागि टिम दर्ता पनि खुला गरिएको छ । सहभागिता जनाउने इच्छुक क्लबले ६ हजार शुल्क तिरी टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७० हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि १५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो ।

कार्तिक १८ गतेसम्म चल्ने प्रतियोगिताका सबै खेलहरु डिमुवा, पर्वत स्थित स्थानीय खेलमैदानमा हुनेछन् ।

Post Comments