
मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि हुन जान लागेका पोखरा–११ भेट्रान्स टिमलाई बरपिपल रिसोर्टको साथ मिलेको छ ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा काठमाडौँमा हुन लागेको लिगका लागि पोखरा महानगरको भेट्रान्स टिमले पनि सहभागिता जनाउने भएको छ । उक्त टिमलाई बरपिपल रिसोर्टले २० थान जर्सी सहयोग गरेको छ ।
आइतबार पोखरा रंगशाला फुटबल मैदानमा रिसोर्टका संचालक जितु गुरुङले कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङलाई जर्सी हस्तान्तरण गरेका हुन् । असोज ६ गतेदेखि १६ गतेसम्म संचालन हुन लागेको लिगमा १६ खेलाडी सहित पोखरा भेट्रान्सले सहभागिता जनाउन लागेको टिम संयोजक हिटलर घलेले जानकारी दिए ।
लिगमा सहभागि हुने खेलाडीहरुमा संयोजक घलेसहित इश्वर गुरुङ (चन्द्र), विजय गुरुङ, खिम गुरुङ, गंगा तामाङ, राजु तामाङ, संजय गुरुङ, महेन्द्र गुरुङ, सूर्य पुन, नरेन्द्र गुरुङ, सुरज गुरुङ, लक्षु गुरुङ, दिलिपराय माझी, मनोज गुरुङ, शंकर केसी, दिपेन्द्र तामाङ, दिलिप गुरुङ र कन्या गुरुङ रहेका छन् ।
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने
- राजेन्द्र तामाङलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड