Province 4 गुठी युनाइटेडलाई फुटसल उपाधि
गोलनेपाल

बागलुङ । चिल्ड्रेन लाईफ स्पोर्टस क्लब (जुनियर), बागलुङको आयोजनामा भएको खुला फुटसल प्रतियोगिताको उपाधि गुठी युनाइटेडले जित्न सफल भएको छ ।

बागलुङ स्थित रस आवर फुटसल एरिनामा सम्पन्न फाइनल भिडन्तमा गुठी युनाइटेडले थापाठाना एफसीलाई सडन डेथमा ७–६ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । त्यसअघि प्रतिस्पर्धात्मक निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।

व्यक्तिगत विधातर्फ प्रतियोगिता कै उत्कृष्ट खेलाडी गुठी युनाइटेडका कमल थापा घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक थापाठानाका सज्जन ठकुरी बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार आयोजक चिल्ड्रेन लाईफका राजीव श्रीसले हात पारे ।

कुल १८ टोलीहरुले सहभागिता जनाएको प्रतियोगिताको विजेता गुठी युनाइटेडले उपाधिसहित नगद ४१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता थापाठाना एफसीले २१,१११ रुपैयाँमा चित्त बुझायो ।

Post Comments