Province 4 नरसिङ मेमोरियल कप असोज १२ देखि
उमेश पुन

पोखरा । आरएस फुटबल क्लब, पोखरा–२५, हेमजाको आयोजनामा आगामी असोज १२ देखि १८ गतेसम्म स्व. नरसिङ मेमोरियल कप फाईभ ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

हेमजा स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको आयोजकले जानकारी दियो ।

विजयादशमीको अवसरमा आयोजना हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments