Province 4 तनहुँमा असोज ८ देखि छैठौं दशैं कप
गोलनेपाल

शुक्लागण्डकी । बेलचौतारा युवा क्लब, बेलचौतारा, तनहुँको आयोजनामा असोज ८ देखि १४ गतेसम्म छैठौं दशैं कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

शुक्लागण्डकी – ५, बेलचौतारा स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । इच्छुक क्लबहरुले सहभागिताका लागि टिमदर्ता शुल्क ५ हजार बुझाउनु पर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता आयोजनाका लागि मैदान मर्मतसहित विभिन्न आवश्यक तयारीका कामहरु भईरहेको आयोजक क्लबका उत्सव भुजेलले जानकारी दिए । उनले प्रतियोगिता शुरु हुनु अघि सबै तयारीहरु पूरा हुने पनि बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँ प्राप्त गर्ने आयोजक क्लब कै अर्का सदस्य प्रशान्त गुरुङले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Post Comments