Province 4 असोज दोस्रो सातादेखि प्रथम धम्पुस मित्रता कप
गोलनेपाल

धम्पुस । मित्रता क्लब, माछापुच्छ्रे–७ धम्पुसको आयोजनामा यहि असोज १४ देखि १६ गतेसम्म प्रथम धम्पुस मित्रता कप सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

‘राष्ट्र विकासमा युवाहरुको प्रतिवद्धता, सृजनशील, लगनशील सहभागिता’ भन्ने मूल नाराका साथ आयोजना हुन गईरहेको प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

माछापुच्छ्रे–७, धम्पुस, जामुने स्थित नव निर्मित खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ४ हजार तोकिएको छ । इच्छुक क्लबहरुले यहि असोज १३ गतेसम्म टिमदर्ता गर्न सक्ने खेल संयोजक दिपेन क्षेत्रीले जानकारी दिए ।

आउँदै गरेको महान चाड विजयादशमी, शुभ दिपावलीको अवसर पारी आयोजना हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३३ हजार हात पार्नेछ भने उपविजेताले १८ हजार प्राप्त गर्नेछ ।

 

 

Post Comments