Province 4 भैरव स्पोर्टस क्वाटरफाइनलमा
गोलनेपाल

चोरमारा । यहाँ जारी दोस्रो मध्यविन्दु कप खुला नकआउट फुटबल प्रतियोगितामा भैरव स्पोर्टस क्लबले जित हात पारेको छ । चोरमारा रंगशालामा भएको खेलमा भैरवले देउचुली नगर खेलकुद विकास समितिलाई शून्यका विरुद्ध १ गोलले हरायो ।

यो जितसँगै भैरव क्वाटफाइनलमा प्रवेश गरेको छ । खेलमा भैरवका सजिन थापा म्यान अफ द म्याच घोषित भए । चोरमारा युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि असोज १६ गतेका दिन हुनेछ ।

Post Comments