Province 4
पोखरामा एमेच्योर फुटसल हुने

पोखरा । पर्यटकीय शहर पोखरामा एक दिने पहिलो एमेच्योर फुटसल प्रतियोगिताको आयोजना हुने भएको छ । फुटबल खेल क्षेत्रमा सक्रिय रहेको एमेच्योर एफसी, पोखराको आयोजनामा हुन गईरहेको प्रतियोगिता आउँदो माघ २ गतेका दिन हुनेछ ।
पोखरा स्थित लेकसाईड एरिनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक सरोज योन्जनले बताए । प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार तोकिएको समेत संयोजक योन्जनले बताए ।
खेलकुद र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेको बताउने आयोजक क्लबले फुटसल प्रतियोगितालाई आगामी दिनहरुमा पनि निरन्तरता दिएर राष्ट्रियस्तर मै परिचित बनाउने उद्देश्य रहेको बताएको छ ।
Post Comments
Related News
- गण्डकी प्रदेश लिगः एलजी एसोसिएशन र हरमटारीको जित
- गण्डकी प्रदेश लिगको तयारी पूरा (खेलतालिकासहित)
- एन्फा कास्कीद्वारा कास्की जिल्ला लिग विजेता लालीगुराँस एसोसिएसनलाई खेल सामाग्री सहयोग
- पोखरा: अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई
- वडास्तरीय भेट्रान्स फुटबल: उपाधिका लागि वडा १ र १५ भिड्ने