Province 5
हिमालयलाई न्यु ब्रह्मा कपको उपाधि
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा सम्पन्न न्यु ब्रम्हा कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको उपाधि हिमालय सामुदायिक विकास केन्द्र, कञ्चनले जितेको छ ।
बिहीबार सम्पन्न फाइनलमा हिमालयले आयोजक न्यु ब्रम्हा युवा क्लब, सैनामैनालाई टाईब्रेकरमा २–० ले हराउँदै उपाधि उचालेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
विजेता बनेको हिमालयले उपाधिसहित नगद ४० हजार हात पार्दा उपविजेता न्यु ब्रह्माले २० हजारसहित ट्रफी, मेडलमा चित्त बुझायो ।
न्यु ब्रह्माका कप्तान सन्दिप मगर प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चुनिए । म्यान अफ द म्याच पनि ब्रह्मा कै रन्जित चौधरी बने । हिमालयका नरेन्द्र पुन मगर उत्कृष्ट गोलरक्षक बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार हिमालयका कप्तान विश्व थापा मगरले हात पारे ।
Post Comments