South Asia
निलम्बनले नेपाल साफ च्याम्पियनसिपबाट बाहिरियो
काठमाडौं । फिफा निलम्बन फुकुवा नभएपछि नेपाल यस वर्ष हुने प्रतिष्ठित साफ च्याम्पियनसिपबाट आधिकारिक रुपमा बाहिरिएको छ ।
साफले शनिबार निकालेको ड्र अनुसार दक्षिण एसियाका कुल ६ टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जहाँ नेपाल भने छैन ।
समूह ए मा आयोजक बंगलादेशसँगै भुटान र श्रीलंका छन् । समूह बी मा भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
यस वर्षको साफ च्याम्पियनसिप आउँदो नोभेम्बर ४ देखि १७ तारीखसम्म बंगलादेशको ढाकामा आयोजना हुनेछ ।
योसँगै साफ च्याम्पियनसिपको इतिहासमा नेपाल पहिलोपटक सहभागिता जनाउनबाट समेत बञ्चित भएको छ ।
Post Comments
Related News
- खेलाडी आशिष राईको सहयोगार्थ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल आज
- चोटिल खेलाडी आशिष राईको उपचारार्थ मलेसियामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच हुने
- फिफा विश्वकप हेर्न क्यानडा पुगेका ५ नेपालीले मागे शरणार्थी दर्जा
- हिमालयनलाई हराउँदै एन पेनाङ विजयी, आशिष राईको उपचारका लागि आर्थिक सहयोग
- मलेसियन लिगमा निशा र हिराको गोल